फाइल तस्बिर
सङ्खुवासभाः सङ्खुवासभाको सदरमुकाम चैनपुरमा जारी प्रदेश नं १ स्तरीय दोस्रो मेयर कप फुटबल प्रतियोगितामा आयोजक चैनपुर नगरपालिकाले इलामको सूर्याेदय नगरपालिकालाई हराएको छ ।
अत्यन्त प्रतिष्पर्धात्मक खेलमा चैनपुरले सूर्याेदयलाई टाइब्रेकरमा हराएको हो । चैनपुर रङ्गशालामा भएको दोस्रो सेमीफाइनल खेलमा निर्धारित समयमा दुवै टिमबाट गोल नभएपछि खेलको निर्णय टाइब्रेकरमार्फत् भएको थियो । टाइब्रेकरमा चैनपुरले ४ गोल गर्दा सूर्याेदयले ३ गोल मात्रै गरेको थियो ।
त्यसैगरी, पहिलो सेमीफाइनल खेलमा निश्चल लामाको गोलको मद्धतले उर्लाबारी नगरपालिकालाई हराउँदै उदयपुरको कटारी नगरपालिका फाइनलमा पुगेको छ । प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।