पाँचथरः पाँचथरको फिदिममा जारी पाँचथर गोल्डकपको पहिलो सेमीफाइनल खेलबाट जीत निकाल्दै डीएफसी मोरङ फाइनल प्रवेश गरेको छ । शुक्रबार फिदिमको खेलमैदानमा भएको खेलमा मोरङले विजय युथ क्लब हेटौंडालाई टाइब्रेकरमा हराएको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो ।

खेलको निर्धारित समयमा डीएफसीका संजोग राई र विजय युथ क्लबका सुनिल बलले १–१ गोल गरेका थिए । टाइब्रेकरमा विजय युथ क्लबले ३ गोल गर्दा डीएफसी मोरङले ४ गोल गरेको थियो ।

खेलमा डीएफसीका सरोज दाहाल र रेजिन सुब्बाले १–१ गोल मिस गरेका थिए । अरु ३ जना खेलाडीले गोल गरेका थिए । उता डीएफसी मोरङका १ जना खेलाडी नवीन गुरुङको गोल मिस भएको थियो ।

अब डीएफसी मोरङले फाइनलमा दार्जिलिङ र हिमालयन शेर्पाबीचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ । दार्जिलिङ र हिमालयन शेर्पाबीचको खेल शनिबार हुँदैछ । प्रतियोगिताको विजयी टिमले नगद ४ लाख र उप विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।