इटहरीः राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बुधबार भएको पुरुष फुटबल प्रतियोगितामा एपीएफले १ नम्बर प्रदेशलाई ६–३ गोलले पराजित गरेको ६ ।
एपीएफबाट आशिष लामाले १९ औं र २८ औं मिनेटमा, प्रदीप लामाले ३९ औं र ५८ औं मिनेटमा तथा बुद्धिमान राईले ५२ औं मिनेटमा र सन्तोष श्रेष्ठले ७५ औं मिनेटमा गोल गरेका थिए ।
१ नम्बर प्रदेशबाट चौथो मिनेटमा टिप्सन राईले, ६९ औं मिनेटमा राम तामाङले र ७९ औं मिनेटमा विदुर रिजालले गोल गरेका थिए ।
आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत रुपन्देहीमा राष्ट्रिय पुरुष फुटबल बुधबार शुरु भएको छ । बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीको खेलमैदानमा लिग चरणका पुरुष फुटबल प्रतियोगिता भएका हुन् । बुधबार भएको उद्घाटन खेलमा सुदुर पश्चिम प्रदेश र विभागीय टिम नेपाल आर्मीले विजयी शुरुवात गरेका छन् ।
प्रतियोगितामा सहभागी १० टिममध्ये ५ टिमले रुपन्देहीमा लिग खेल खेल्दैछन् । जसमा २ उत्कृष्ट टिम दोस्रो चरणमा पुग्नेछन् ।