झापाः पारो फुटबल क्लब भुटानलाई स्तब्ध पार्दै नेपाल प्रहरीको विभागीय टोली नेपाल पुलिस क्लब झापाको मेचीनगरमा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको फाइनलमा पुगेको छ ।

सोमबार काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न क्वाटर फाइनलमा नेपाल पुलिसले भुटानलाई शून्यका विरुद्ध ३ गोल गरेको थियो । पहिलो हाफको अन्त्यतिर पुलिसका लागि कप्तान भरत शाहले पहिलो गरेका थिए । मानबहादुर परियारको पासलाई नियन्त्रणमा लिएका उनको सोझो पोस्ट प्रहार भुटानका गोलरक्षक शेरुप ग्यालछेनले रोक्न सकेनन् । यसअघि भुटानले गोल गर्ने निकै अवसर गुमाएको थियो ।

शुरुदेखि नै भुटान पुलिसको दबाबमा थियो । मध्यान्तरपछि खेलमा पुलिसका रवि पासवनले व्यक्तिगत २ गोल गरेका थिए । सोमबारको खेलको म्यान अफ द म्याच पनि पासवान नै घोषित भए । उनले नगद ११ हजार पुरस्कार पाए ।

खेलको ५५ औँ मिनेटमा सुमन लामाको पासमा उनले गोल गरेका थिए । लगत्तै ५८ औँ मिनेटमा भुटानका गोलरक्षक बिट भएपछि गोल गर्र्ने अवसर पाएका थिए ।

मङ्गलबारको अन्तिम क्वाटरफाइनल माइभ्याली फुटबल क्लब इलाम र रुस्लान थ्री स्टार क्लब काठमाडौंबीच हुने छ ।