झापाः झापाको मेचीनगरमा जारी मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणको उपाधिका लागि नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्र्ने भएका छन् ।
काँकरभिट्टा माध्यमिक विद्यालयको खेलमैदानमा बिहीबार सम्पन्न अन्तिम सेमीफाइनलमा त्रिभुवन आर्मी क्लबसँग रुस्लान थ्री स्टार ३—२ गोल अन्तरले पराजित भएपछि आर्मीले फाइनलमा नेपाल पुलिस क्लबसँग भेट पक्का गरेको हो ।
यसअघि नै नेपाल पुलिस क्लब सीएमसी सङ्कटालाई टाइब्रेकरमा४—३ गोल अन्तरले पराजित गदैं फाइनल प्रवेश गरेको छ ।
शुरुदेखि नै निकै प्रतिष्पर्धात्मक देखिएको बिहीबारको खेलमा आर्मीका लागि खेलको २८ औँ मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरेका थिए । उनले सुमन अर्यालको पासमा हेडमार्फत् गोल गरेका थिए । त्यसको १२ मिनेटपछि थ्रीस्टारको रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाएर व्यक्तिगत २ गोल गरेर श्रेष्ठले टिमको अग्रता दोब्बर बनाएका थिए ।
थ्री स्टारका विदेशी खेलाडी एलोन मेक्सवयलले खेलको ४५ औँ मिनेटमा गोल गरेर खेललाई २—१ मा पु¥याए । खेलको ५४ औँ मिनेटमा थ्रीस्टारका एलोन पुनः व्यक्तिगत गोल गरे र खेललाई बराबरीमा पु¥याए । उनले सेकेण्ड बारलाई च्याप्दै गोलको दिशा दिए । ६३ औँ मिनेटमा आर्मीका दीपकुमार लामाले गरेको गोल नै निर्णयक बन्यो र उपाधिका लागि नेपाल पुलिससँग आर्मीको भेट पक्का भयो । खेलका म्यान अफ दी म्याच आर्मीका नवयुग श्रेष्ठ घोषित भए । उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिताको शनिबार हुने फाइनल खेलमा विजेताले नगद १० लाख १ हजार तथा उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।