बेलबारीः मोरङको बेलबारीमा बिहीबारदेखि शुरु भएको प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको दोस्रो खेलमा ताप्लेजुङ विजयी भएको छ । पहिलो हाफमा ताप्लेजुङले शून्यका विरुद्ध ३ गोल गरेको थियो ।

ईन्द्रा गुरुङले खेलको नवौ मिनेटमा पहिलो गोल गर्दै ताप्लेजुङका लागि खाता खोलेकी थिइन् । खेलको १२ औँ मिनेटमा पवित्रा लिम्बूले अर्को गोल गरेकी थिइन् । लगत्तै अनुष्का शेर्पाले १४ औँ मिनेटमा गोल गरेर पहिलो हाफमै ताप्लेजुङले ३ गोल गरेको थियो ।

दोस्रो हाफमा अनुष्काले थप २ गोल गरी ह्याट्रिक गरेकी थिइन् । शेर्पाले ५२ औं र ५९ औं मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै, ५४ औ मिनेटमा सुष्मा खातुन र ६० आँै मिनेटमा दीपा लिम्बूले गोल गर्दै ताप्लेजुङलाई विजयी गराएका थिए । ताप्लेजुङले शून्यका विरुद्ध ७ गोल गर्दै खोटाङलाई घर पठाएको हो ।