पथरी: मोरङको सुनवर्षी–२ अमरदहमा आयोजित १ नम्बर प्रदेशस्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगितामा सङ्खुवासभाले विजयी शुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा आयोजक बी लाई १ का विरुद्ध ३ गोल गर्दै सङ्खुवासभा विजयी बनेको हो ।
खेल शुरु भएको १० आँै मिनेटमा सङ्खुवसभाका प्रेम घिमिरेले गोलको खाता खोलेका थिए । पहिलो हाफको २४ औं मिनेट र दोस्रो हाफको १८ औं मिनेटमा सतिस केसीले थप गोल गरेका थिए ।
सङ्खुवासभाका खेलाडीले डिबक्समा फल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै १ मात्र सान्त्वना गोल आयोजकका तर्फबाट बुद्धहाङ राईले गरेका थिए ।
खेलको म्यान अफ द म्याच सङ्खुवसभाका प्रेम घिमिरे घोषित भए । ३० वर्षभन्दा माथिका खेलाडी समावेश गरी आयोजना गरिएको सो प्रतियोगितामा १ नं. प्रदेशका १६ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले नगद २ लाख ११ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।