धनकुटा: धनकुटामा जारी प्रदेश नम्बर १ स्तरीय पुरुष भलिबल प्रतियोगितको उपाधि झापाले हात पारेको छ ।

धनकुटाको चौबिसे गाउँपालिकास्थित छ नं. बुधबारेमा सम्पन्न फाइनल खेलमा झापाले भाजेपुरलाई हराउँदै उपाधी हात पारेको हो । विजेता बनेसँगै झापाले उपाधीसहित नगद १ लाख रुपैयाँ हात पारेको छ । उपविजेता भोजपुरले भने नगद ५० हजारमा चित्त बुझाएको छ ।

यस्तै, धनकुटालाई पराजित गर्दै ओखलढुङ्गा तेस्रो भएको छ । तेस्रो भएको ओखलढुङ्गाले १० हजार नगद हात पारेको छ । तेस्रो स्थानका लागि चौबिसे गाउँपालिका वडा नं १ वडा समितिले नगद प्रायोजन गरेको थियो । खेलमा विभिन्न विधामा उत्कृष्ट भएका ५ जनालाई नगदसहित पुरस्कार वितरण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापाले जानकारी दिए । प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका १÷१ टिम सहभागी थिए ।