ताप्लेजुङः ताप्लेजुङको मैवाखोला स्थित साँघुमा आज सम्पन्न हुने तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधीका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी भिड्ने भएका छन् ।
खेल आज मध्याह्न्नदेखि शुरु हुने छ । हिजो भएको खेलमा साविक विजेता नेपाल पुलिसले गण्डकी प्रदेश र आर्मीले एपीएफलाई पराजित गर्दै उपाधीका लागि भीडन्त पक्का गरेका हुन् ।
पुलिसले गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले गण्डकीलाई २५–१५, २६–२४, २५–१७ अङ्कको सोझो सेटमा हराएको हो । यता, त्रिभुवन आर्मीले एपीएफलाई ३–१ को सेटमा हराउँदै उपाधी नजिक पुगेको हो । आर्मीले एपीएफलाई २५–२१, २५–२०, २०–२५ र २६–२४ को सेटमा हराएको हो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुलिस क्लबका विशाल विक र आर्मीका धनबहादुर भट्ट म्यान अफ द म्याच घोषित भएका छन् ।
पर्यटन प्रर्वद्धनका लागि भलिबल भन्ने नारासहित जलजले युवा क्लबले आयोजना गरेको प्रतियोगिता बैशाख २२ गते शुरु भएको थियो । प्रतियोगितामा ८ टिम सहभागी छन् । विजेताले नगद ३ लाख ५१ हजार ५ सय रुपैयाँ नगद प्राप्त गर्ने छ भने उपविजेताले १ लाख ७६ हजार २ सय ५१ रुपैयाँ प्राप्त गर्ने जनाइएको छ ।