बेलबारीः मोरङको लक्ष्मीमार्गमा जारी प्रथम प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधी मोरङले चुमेको छ । फाइनल खेलमा मोरङले झापालाई ० का विरुद्ध १ गोल गर्दै उपाधी चुमेको हो । मोरङकी सावित्रा मगरले खेलको ५९ आँै मिनेटमा गरेको गोल नै जीतका लागि पर्याप्त भयो । निकै प्रतिष्पर्धात्मक खेलमा दुवै टिमले गोल र्गे निकै राम्रा मौका पाए पनि गोल गर्न सकेनन् ।

जीतसँगै मोरङले नगद १ लाख ५० हजारका साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपविजेता झापाले नगद ७५ हजार प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट किपर मोरङकी कल्पना कार्की भएकी छिन् भने उत्कृष्ट खेलाडी मोरङकी ईमा राई भएकी छिन् ।

उत्कृष्ट डिफेन्डर मोरङकी कोपिला धिमाल, उत्कृष्ट फर्वाड झापाकी पूजा खतिवडा र उत्कृष्ट मिडफिल्डर झापाकी सरिता शेर्पा घोषित हुँदै नगद ५ हजार प्राप्त गरेका छन् । हाई स्कोर झापाकी पूजा खतिवडा र गंगा राई घोषित भए ।

विजेता तथा उपविजेता टोलीलाई पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटीले पुरस्कार वितरण गरेका छन् । प्रदेश नम्बर १ का १३ जिल्लाको सहभागिता रहेको प्रतियोगिता बैशाख १९ देखि २५ गतेसम्म बेलबारी–११ लक्ष्मीमार्गको लक्ष्मी खेल मैदानमा सञ्चालन भएको थियो ।