पथरीः मोरङको अमरदहमा जारी प्रदेश स्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा आयोजक अमरदह भेट्रान ए लाई हराउँदै तेह्रथुम भेट्रान विजयी भएको छ ।
निर्धारित ७० मिनेटको खेलमा दुवै टिमवाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । खेलको दौरानमा आयोजक अमरदहले निकै राम्रा अवसर पाए पनि गोलमा परिणत गर्न सकेन ।
पाहुना टोली तेह्रथुमले पाएका अवसरमा आयोजकका गोलरक्षक सरकुमार राई बाधक बन्दा तेह्रथुम गोल गर्ने अवसरबाट वञ्चित बनेको थियो ।
टाइब्रेकरमा आयोजकका राजकुमार खड्का, सञ्जय राई र मिलन राईले गोल गरे भने दिपेन गिरीको बल तेह्रथुमका गोलकिपर सन्जेन राईले उत्कृष्ट बचाउ गरेका थिए ।
त्यस्तै तेह्रथुमका प्रदीप राई, हुकमानसिंह लिम्बू, मानबहादुर लिम्बू, डिकेन्द्र श्रेष्ठ र सुवास लिम्बूले गोल गरका थिए । खेलको म्यान अफ द म्याच तेह्रथुमका गोलकिपर सन्जेन राई घोषित हुँदै नगद २ हजार प्राप्त गरे । आज हुने अन्तिम प्रिक्वाटर खेल भाउन्ने भेट्रान र धरान भेट्रानबीच हुने आयोजकले जनाएको छ ।