धनकुटाः  धनकुटामा शनिबार शुरु भएको भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको १४ औं संस्करणको उद्घाटन खेलबाट भारत बाहिरिएको छ ।

तल्लो टुँडिखेलमा भएको खेलमा मोरङको विन्ध्यवासिनी फुटबल क्लबले भारतको रोयल फुटबल क्लबलाई सडन डेथमा पराजित गरेको हो । निकै प्रतिष्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा दुवै तर्फबाट कुनै पनि गोल हुन नसकेपछि खेल टाइबे्रकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुवै तर्फबाट ५÷५ गोल भएपछि खेल सडन डेथतर्फ धकेलिएको थियो ।

सडन डेथमा विन्ध्यवासिनीका टिम क्याप्टेन अशोक खवासले गोल गर्दै आफ्नो टिमलाई विजयी बनाएका थिए । यता, रोयल फुटबल क्लबका प्रतीक लामाले गरेको प्रहार विन्ध्यवासिनीका गोलरक्षक सूर्य अधिकारीले रोकेका थिए । खेलमा म्यान अफ द म्याच विन्ध्यवासिनीका गोलरक्षक सूर्य अधिकारी घोषित भए ।

प्रतियोगिताको विजेताले उपाधिसहित ४ लाख र ट्रफी हात पार्नेछ । उपविजेताले २ लाख हात पार्ने छ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित विभिन्न ८ टिम सहभागी छन् । यो प्रतियागिता शहीद भीमनारायण श्रेष्ठको नाममा २०५५ सालमा शुरु भएको हो ।