पथरीः मोरङको सुनवर्षी–२ अमरदहमा जारी प्रदेशस्तरीय तेस्रो ढल्के जोवन फुटबल प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न अन्तिम प्रि क्वाटर फाइनल खेलमा धरान भेट्रान विजयी बनेको छ ।

भाउन्ने भेट्रानलाई २–१ गोल अन्तरले पराजित गर्दै धरान विजयी बनेको हो । निर्धारित ७० मिनेटको खेलको पहिलो हाफमा धरानले गोल गर्दै अग्रता लिएको थियो ।

खेलको १० औँ मिनेटमा धरानका तीर्थ आलेमगरले धरानका लागि गोलको खाता खोलेका थिए । १९ औँ मिनेटमा धरानकै गणेश लिम्बूले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । त्यस्तै, २७ औँ मिनेटमा भाउन्ने भेटा«नका यादव राईले जवाफी गोल फर्काएका थिए ।

दोस्रो हाफमा निकै सुधारिएको प्रदर्शन गरे पनि भाउन्नेले गोल फर्काउन सकेन । शनिबारको खेलको म्यान अफ द म्याच धरान भेट्रानका कप्तान गणेश लिम्बू घोषित हुँदै नगद २ हजार र मेडल पाए ।

आजको पहिलो क्वाटरफाइनल खेल उर्लाबारी भेट्रान र सङ्खुवासभा भेट्रानबीच हुने आयोजकले जनाएको छ ।