इटहरीः क्यामरुनको दाउफिन क्लब धनकुटामा जारी १४ औ सहिद भीमनारायण गोल्डकप फुटवल प्रतियोगिताको सेमिफाइनल प्रबेस गरेको छ ।
धनकुटाको तल्लो टुडिखेलमा आज भएको खेलमा सुनसरीको धरान फुटबल क्लब लाइ ५—० गोल अन्तरले हराउदै दाउफिन सेमिफाइनल प्रबेश गरेको हो ।
अधिकाशं समय खेल आफ्नो पक्षमा राखेको क्यामरुनका जर्सि नम्बर तिनका खेलाडी यान्नीक ओवनले खेलको ६ मिनेटमा टिमका लागि गोलको खाता खोलेका थिए । त्यस्तै पहिलो हाफकै ३० औ मिनेटमा यान्नीक ओवनलेनै पुन दोस्रो गोल गदै आफ्नो टालिलाइ पहिलो हाफमै दुइ सुन्य गोल अन्तरले अग्रता दिलाए । खेलको ५० औ मिनेटमा जर्सि नम्बर १४ का पट्ङ्गाले एक गोल थपे ।
त्यस्तै जर्सि नम्बर १२ का कोनोले ६१ र ८६ औ मिनेटमा थप दुइ गोल गदै आफ्नो टोलिलाइ ५—० गोल अन्तरले बिजयी गराए । क्याम्रुनी टोलिको सामु सुनसरीका खेलाडि निरिह देखिएका थिए । आजको खेलमा म्यान अफ द म्याच बिजेता टोलिका क्याप्टेन आउरेल इनामे घोसित भए ।
भोलीको खेल ससस्त्रको एपिएफ काठमाण्डौ र फ्रेण्डस् क्लब काठमाडौ बिच हुने आयोजकले जनाएको छ ।