बेलबारी: मोरङको बेलबारीमा सोमबारदेखी मेयर कप फुटबल प्रतियोगिता सुरु भएको छ । साेमवार भएको पहिलो खेलमा वडा नम्बर ६ले वडा नम्बर ९लाई दुई शून्य गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको ७ मिनेटमै बेलबारी ६का जोन मगरले पहिलो गोल गरेका थिए ।

खेलको २५ औ मिनेटमा उनलेनै थप एक गोल गरेका थिए । खेलको हाफ समय पछि दुवै वडाका खेलाडीले गोल गर्न सकेनन् । खेलको म्यान अफ म्याच वडा नम्बर ६का जोन मगर घोषित भएका छन् । पहिलो चरणमा वडा स्तरीय मेयर कप सञ्चालन आइतबार देखी सुरु भएको हो भने दोस्रो चरणमामा अन्तर पालिका स्तरीय फुटबल प्रतियोगिता हुने मेयर कप आयोजक समितिले जनाएको छ ।

उक्त प्रतियोगिताको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उद्देश्यले मेयर कप सञ्चालन गरिएको बताए । उनले स्थानीय खेलाडीहरूलाई प्रोत्सान गर्न नगरपालिकाले विभिन्न कार्यक्रम गरिरहेको समेत बताए । ‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा दिएर मेयर कप गरिएको हो । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

त्यस्तै, उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव मिलन राईले बताए । सोमवार बेलबारी ५ र ७ नम्बर वडा बिच हुने आयोजकले जनाएको छ ।