बेलबारीः मोरङको बेलबारीमा जारी मेयर कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा वडा नम्बर ११ विजयी भएको छ ।
११ नम्बर वडाले २ नम्बर वडालाई शून्यका विरुद्ध एक गोल गार्दै विजयी भएको हो । खेल शुरु भएको ८ मिनेटमा काशिम राईले गरेको गोल नै ११ नम्बरका लागि फलदायी बन्यो । खेलको म्यान अफ द म्याच समेत उनी नै घोषित भएका छन् ।
‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा दिएर मेयर कप प्रतियोगिता गरिएको हो । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका सचिव मिलन राईले बताए ।