धनकुटाः क्यामरुनको दाउफिन्स र सशस्त्रको एपि एफ फुटबल क्लव धनकुटामा जारी १४ औ संस्करणको सहिद भीमनाायण गोल्डकप फुटवल प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।
आज विहान सम्पन्न पहिलो सेमीफाइनल खेलमा दाउफिन्सले मोरङ्को विन्द्यावासिनी फुटवल क्लवलाई शून्यका विरुद्ध दुई गोल लगाई फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । विजेता टोलीका तर्फवाट पेट्ङले १ र खेलको इन्चुरी समयमा अउरेल इनामेले १ गोल गरे । बुधबारको लागि निर्धारीत खेल बर्षाका कारण आज बिहान खेलाइएको थियो ।
त्यस्तै आजै भएको विर्ता युनाइटेड झापा र सशस्त्रको एपि एफ फुटबल क्लव काठमाण्डौ विच भएको द्रोसो सेमिफाइनल खेलमा एफिएफ विजयी भएको छ । एपिएफका रवि थिङ्गले खेलको ४४ औ मिनेटमा गरेको एक मात्र गालको मदनतले ससस्त्रले दाउफिन्स सगको भेट पक्का गरेको हो ।खेलको अधिकाशं समय विर्ता युनाइटेड झापाका खेलाडीले दवाबमा राखे पनि गोल गर्न नसक्दा हार टार्न सकेन । आजको मेनअफ द म्याच विजेता क्लव एपिएफका गोल रक्षक अमृत चौधरी घोषित भए ।