उर्लाबारी: मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ५ खोलिटारमा एक कार्यक्रमका बीच खोलिटार फुटबल खेल मैदानको निर्माण कार्य शुरु भएको छ ।
३० लाख बजेटका साथ निर्माण शुरु भएको खेल मैदान असार मसान्तसम्म सम्पन्न हुने योजना रहेको खेल मैदान समितिका अध्यक्ष वीरबहादुर राईले जानकारी दिएका छन् । सो खेल मैदानको मिक्लाजुङ– ५ का वडाध्यक्ष रुद्र लिङ्देन (अनिल)ले शिलान्यास गरेका थिए ।