धनकुटाः सशस्त्रको एपीएफ फुटबल क्लबले धनकुटामा जारी १४ औ संस्करणको शहीद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको उपाधी उचालेको छ ।
शुक्रबार सम्पन्न फाइनल खेलमा क्यामरुनको दाउफिन्सलाई टाइबे्रकरमा २ का विरुद्ध ३ गोलले हराउँदै सशस्त्रले पहिलो पटक सो गोल्डकपको उपाधी उचालेको हो । खेलको निर्धारित समयमा दुवै टिमबाट २÷२ गोल भएपछि खेलको निर्णय टाइबे्रकरबाट गरिएको थियो ।
खेलको ४४ औ मिनेटमा क्यामरुनका यनिक ओवानाले गोल गर्दै आफ्नो टिमलाई शुरुवाती अग्रता दिलाएका थिए । क्यामरुनका ओको बोटाले एपीएफका खेलाडीलाई डि बक्समा लडाएपछि एपीएफले पाएको पेनाल्टीलाई रवि थिङले सदुपयोग गर्दै गोल गरे र आफ्नो टिमलाई १ ÷१ गोलको बराबरीमा पु¥याए ।
खेलमा आक्रामक रूपमा प्रस्तुत भएको क्यामरुनले डिबक्स नजिकै पाएको फ्रि किकको मौकालाई सदुपयोग गदै जर्सी नं ८ का निहाले गरेको प्रहार गोलमा परिणत भएको थियो । लगत्तै एपीएफका महेश लामाले गोल गर्दै आफ्नो टिमलाई बराबरीमा पु¥याए । निर्धारित समयमा खेल बराबरीमा रोकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा एपीएफका लागि रवि थिङ, घनश्याम थारु र हरि कार्कीले गोल गरे । क्यामरुनको लागि पेटाङ्गा र प्रिसोले मात्र गोल गरे । खेलको म्यान अफ द म्याच एपीएफका गोल रक्षक अमृत चौधरी घोषित भए ।
एपीएफले जीतसँगै ४ लाख नगदसहित ट्रफी हात पारेको छ भने उपविजेतामा नै चित्त बुझाएको क्यामरुनको दाउफिन्सले २ लाख नगद प्राप्त गरेको छ । त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक एपीएफका अमृत चौधरी र उत्कृष्ट खेलाडी एपीएफकै रवि थिङ घोषित भए ।