पथरीः पूर्वाञ्चल भेट्रान दमकलाई १–० गोल अन्तरले पराजित गर्दै योङ ब्रदर्स इटहरीले ढल्के जोभान गोल्डकपको उपाधी हात पारेको छ । योङ ब्रदर्सले शिल्डसहित नगद २ लाख ११ हजार हात पारेको छ । उपविजेता दमकले १ लाख ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ ।

पहिलो हाफको २५ औँ मिनेटमा तीर्थ बस्नेतले गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो । निर्धारित ७० मिनेटको खेलमा त्यसपछि दुवै टिमबाट कुनै गोल हुन सकेन । दोस्रो हाफमा निकै सम्हालिएको दमकले गरेका प्रहार गोलमा परिणत हुन सकेनन् ।

खेलको म्यान अफ द म्याच उपाधी विजेता टिमका गोलरक्षक रामकुमार चौधरी घोषित हुँदै नगद ५ हजार प्राप्त गरे । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी पनि विजेता टोलीका कप्तान निर्मल तामाङ घोषित हुँदै नगद १५ हजार रुपैयाँ प्राप्त गरे ।60621379_2048794315231551_1006607795786612736_o 1

 

प्रतियोगितामा उच्च गोलकर्तासमेत विजेता टोलीकै लीला थापामगर हुँदै नगद १० हजार प्राप्त गरे । अनुशासित टोली आयोजक अमरदह भेट्रानको ए टिम घोषित भएको छ ।

गोल्डकपको उपाधी विजेताको लागि नगद २ लाख ११ हजार प्रनिल सप्लायर्स विराटनगरले र उपविजेतको लागि नगद १ लाख ५१ हजार माउण्ट एभरेष्ट बोर्डिङ स्कुल अमरदहले प्रायोजन गरेको थियो ।

३० बर्ष उमेर पुगेका भेट्रान खेलाडीको सहभागिता रहेको खेलमा १ नं. प्रदेशका १६ टिमले सहभागिता जनाएका थिए ।
खेल वैशाख २१ गते देखि वीरेन्द्र सार्वजनिक माविको खेल मैदानमा शुरु भएको थियो । खेलको समापन नेपाली काङ्ग्रेसका महामन्त्री डा. सशाङ्क कोइरालाले गरेका थिए ।

चमरु ऋषिदेवले पाए पल्सर बाइक
खेलको अर्को आकर्षणको रूपमा रहेको १५० सीसीको पल्सर सुनवर्षीका चमरु ऋषिदेवले पाए । खेलको फाइनलको अवसरमा लक्की ड्रमार्फत् सो घोषणा गरिएको हो ।

१ हजार रुपैयाँ दरको भाग्यशाली चिठ्ठामार्फत् एक जनालाई आयोजकले मोटरसाइकल प्रदान गरेको हो । जम्मा ३ सय थान टिकट बिक्रीका लागि राखिएकोमा लक्की ड्र हुनु अगाडिसम्म जम्मा २ सय ७६ वटा टिकट बिक्री भएको थियो ।

बाँकी रहेका ४४ वटा टिकटलाई पनि लक्की ड्र मा राखिएको थियो । भाग्यशाली विजेता बनेका ऋषिदेवलाई अध्यक्ष प्रताप तामाङले पल्सरको चाबी दिएका थिए ।

dhalkyo joban  (2) 2