झापाः दोस्रो वडाध्यक्ष कप अन्तर मावि स्तरीय खेलकुद प्रतियोगिता बिहीबारदेखि झापाको मेचीनगर वडा नम्बर ६ मा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन मेचीनगरको ६ नम्बर वडाका वडा सदस्य राजकुमार श्रेष्ठले गरेका थिए ।
प्रतियोगितामा फुटबल, क्रिकेट र कराते तीन विधाका खेललाई समेटिएको छ । काँकरभिट्टा माविको खेलमैदनमा फुटबल र कराते तथा तुर्केनी खेल मैदानमा क्रिकेट प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नगरभित्रका सामुदायिक र निजी विद्यालयले सहभागिता जनाएका छन् । कराते अन्तर्गत छात्रा तथा छात्रतर्फ २० देखि ५० केजी तौल समूहमा खेल सम्पन्न भएका छन् । २० केजी तौल समूहमा छात्रतर्फ शुभम ओझा, भूमिक खरेल पहिलो र दोस्रो भए भने अगनेश गुरुङ र सिदार कोइराला तेस्रो भए ।
यसैगरी, छात्रतर्फको २५ केजी तौल समूहमा मनिष राजवंशी र द्विवित्री ढकाल पहिलो र दोस्रो भए । सरोज बुढाथोकी र प्रनिष शेर्पा तेस्रो भए ।
छात्रातर्फको ३० केजी तौल समुहमा रेश्मी ओझा, सीता खरेल र अस्मिता दवाडी क्रमश प्रथम, दोस्रो र तेस्रो भए । ३० केजी तौल समूहमा छात्रतर्फ रोहन श्रेष्ठ, गणेश राई पहिलो र दोस्रो भए भने सम्मान खड्का र प्रिन्स पोखरेल तेस्रो भए ।
छात्रातर्फ २५ केजी तौल समूहमा मनिषा कट्वाल, दिपना मगर र एञ्जेला गुरुङ क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । ३५ केजी तौल समूहमा छात्रतर्फ विवेक चापागाईँ र रोशन नेवार पहिलो र दोस्रो भए । निश्चल भण्डारी र प्रिन्स बिक तेस्रो भए ।
विभिन्न तौल समूहमा करातेतर्फ विजयी खेलाडीले गोल्ड मेडल प्राप्त गर्नेछन् । क्रिकेटमा छात्रा तथा छात्रतर्फको खेलमा नर्थ प्वाइन्ट अङ्ग्रेजी मावि विजयी भएका छन् । छात्रातर्फ १० र छात्रतर्फ ५ विकेटले नर्थ प्वाइन्टले तारापुञ्ज माविलाई पराजित गरेको हो ।
उता, फुटबलतर्फ नर्थ प्वाइन्ट र तारापुञ्ज मावि सेमीफाइनल प्रवेश गरेका छन् । नर्थ प्वइन्टले पशुपति माविलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो । नर्थ प्वाइन्टका लागि खेलको म्यान अफ द म्याच समेत घोषित सन्तोष मोतेले २३, ३६ र ३९ औँ मिनेटमा ह्याट्रिक पूरा गरेका थिए । उनले ४१ औँ मिनेटमा थप १ गोल गरेका थिए । पशुपतिका लागि अभय रसाइलीले खेलको १६ औँ मिनेटमा एकमात्र गोल गरेका थिए ।
तारापुञ्ज माविले सूर्याेदय माविलाई शून्यका विरुद्ध ४ गोल गरी सेमीफाइनलको यात्रा सुरक्षित ग¥यो । तारापुञ्जका लागि रोहन राईले १९ औं र ४१ औं तथा सुमन बुढाथोकीले २५ र ३७ औँ मिनेटमा २÷२ गोल गरेका थिए । फुटबल प्रतियोगितामा नगरभित्रका ७ वटा विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले नगद १० हजार तथा उपविजेताले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।