इटहरीः राष्ट्रिय तेक्वान्दो संघको १० औं ब्ल्याक ग्रेडिङ शुक्रबार र शनिबार इटहरी रङ्गशालामा सम्पन्न भएको छ ।

१ नम्बर प्रदेशका ३५ जना खेलाडी ग्रेडिङमा सहभागी भएका थिए । फस्र्ट डानदेखि फिफ्थ डानसम्मका ग्रेडिङ अर्थात् बेल्ट प्रमोसन टेस्ट सम्पन्न भएको हो । त्यस्तै, अघिल्लो ब्याचका ब्ल्याक बेल्टधारी खेलाडीलाई कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको सङ्घका प्रदेश सचिव सूर्य दङ्गालले बताए । 

कार्यक्रमको प्रमुख अतिथि १ नम्बर प्रदेश खेलकुद  विकास समितिका कोषाध्यक्ष गणेश बुढाथोकी रहेका थिए ।