इटहरीः राष्ट्रिय तेक्वान्दो सङ्घ नेपालको १ नम्बर प्रदेशको साधारणसभा जेठ ११ गते इटहरी रङ्गशालामा सम्पन्न भएको छ ।
सो साधारणसभाले भोगेन्द्र यादवको अध्यक्षतामा १६ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ । अन्य सदस्य पछि थपिने बताइएको छ ।

नवगठित समितिको उपाध्यक्षमा रोशनकुमार चौधरी र महासचिवमा पीताम्बर पौडेल रहेका छन् । सचिवमा सूर्य दङ्गाल र कोषाध्यक्षमा सुमी थापा चयन भएका छन् ।

सदस्यहरुमा कमल गुरुङ, इच्छा घले, कृष्ण बास्तोला, नवीन लामा, बुद्धिशान्त सुवेदी र अमरजीत गोस्वामी रहेका छन् । त्यस्तै, सोबिन राई, सुशील बुढाथोकी, राजेन्द्र राई, शिव सत्याल र सुजन कार्की पनि सदस्यमा चयन भएका छन् । थप सदस्य कार्यसमितिले चयन गर्ने सचिव दङ्गालले बताए ।

tekwando sadharan sabha  (1)