झापाः १२ औँ गणतन्त्र दिवसको अवसर पारेर झापाको मेचीनगरमा शुरु प्रथम मेचीनगर खेलकुद महोत्सव अन्तर्गत बिहीबार छात्र तथा छात्रातर्फको फुटबल प्रतियोगिता शुरु भएको छ ।
काँकरभिट्टा माविको खेलमैदानमा भएको फुटबल प्रतियोगितामा छात्रतर्फ इष्ट होराइजन मावि, धुलाबारी मावि, सूर्र्याेदय मावि, पारिजात अङ्ग्रेजी मावि, होलीवेल अङ्ग्रेजी विद्यालय, श्री भानु मावि विजयी भएका छन् ।
बलभद्र जनता मावि धाइजनलाई शून्यका विरुद्ध १ गोल गर्दै इष्ट होराइजनले जीत दर्ता गरेको हो । इष्ट होराइजनका लागि खेलको म्यान अफ दी म्याच समेत घोषित अविनाश चौधरीले गोल गरेका थिए ।
यसैगरी, बाल कल्याण मावि धुलाबारी माविसँग १ शून्यले पराजित भएको थियो । धुलाबारीका लागि अभिषेक लिम्बूले गोल गरेका थिए । उता सूर्याेदय माविले ओसेनिक निर्वाण विद्यालयलाई २÷१ गोल अन्तरले पराजित गरेको थियो । सूर्याेदयका दुवै गोल सागर केसीले गरेका थिए भने निर्वाणका लागि उत्सव तामाङले १ मात्र सान्त्वना गोल गरेका थिए ।
लिटल एञ्जल अङ्ग्रेजी मावि समयमै मैदान प्रवेश नगरेपछि भानु माविले वाकओभरमा खेल जित्यो । विद्या विकास मावि नआएका कारण होलीवेलले पनि वाकओभरमा नै खेल जित्यो ।
उता, छात्रातर्फको खेलमा बलभद्र जनता मावि र सरस्वती शिक्षा सदन विजयी भए । दुर्गा अङ्ग्रेजी माविलाई १ शून्य गोल अन्तरले बलभद्रले पराजित ग¥यो । बलभद्रकी सविना लिम्बूको गोल नै निर्णायक बन्यो ।
सरस्वती शिक्षा सदनले धुलाबारी माविलाई टाइब्रेकरमा ३ का विरुद्ध ४ गोल गर्दै खेल जित्यो । बिहीबार कुल १० खेल सम्पन्न भएका थिए ।