इटहरीः यसै साता एनआईसी एशिया बैंकले धरान र विराटनगरमा शाखा कार्यालय खोलेको छ ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १५ रानी मिल्स एरियामा खुलेको शाखा कार्यालयको बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उद्घाटन गरेका थिए ।

धरान उपमहानगरपालिकाको वडा नम्बर १८ बुद्धचोकमा रहेको शाखाको उद्घाटन बैंकका सञ्चालक विनोदकुमार प्याकुरेलले गरेका थिए ।