दुहबीः दुहबीको भलुवामा सातौं भलुवा गोल्डकप फुटबल प्रतियोगिता शुरु भएको छ ।
उद्घाटन खेलमा बिर्तामोड युनाइटेड झापा उदयपुर ११ लाई ३–१ गोल अन्तरले पाखा लगाउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफको पाँचौँ मिनेटमा उदयपुरका तर्फबाट दिवस श्रेष्ठले पहिलो गोल गरेका थिए ।
१३ मिनेटमा बिर्तामोडका सुनिल मैनालीले गोल गरी खेललाई बराबरीको स्थितिमा पु¥याएका थिए । दोस्रो हाफको ३० औं मिनेटमा बिर्तामोडका विकास थुलुङले र ४० औं मिनेटमा रमेश गुरुङले गोल गरी आफ्नो टिमलाई ३–१ गोलको अग्रता दिलाए ।
खेलमा बिर्तामोडेका योगेश गुरुङ म्यान अफ दी म्याच घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पाए । गोल्डेन स्टार युथ क्लब भलुवाको आयोजनामा भएको प्रतियोगितामा १० टिम सहभागी छन् । खेलको उपाधी विजेताले ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने क्लबका अध्यक्ष पशुपति सरदारले बताए ।
दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदारले खेलको उद्घाटन गरेका थिए ।