इटहरीमा तीन वर्ष अगाडि होटेल क्षेत्रको भोकेसनल कोर्स सुरु भएको हो । र, यसको नेतृत्व गरे सुनिल भुषालले । प्रिमियर होटल स्कुलका सिइओ भुषाल पर्यटन बिषयमै स्नातकोत्तर गरेर पर्यटन क्षेत्रको हस्पिटालिटी क्षेत्रमा आएका हुन । इटहरीमा रहेर प्रदेश १ का विभिन्न जिल्लाका विद्यार्थीलाई होटलका भोकेसनल कोर्स गराउने प्रिमियर होटल स्कुलका उत्पादनहरू, होटका विभिन्न भोकेसनल कोर्स र यससँग जोडिएका विभिन्न विषयमा प्रदेशपोर्टलले भुषालसँग कुराकानी गरेको छः

प्रिमियर होटल स्कुल सञ्चालन भएको तीन वर्ष भएको छ । कति उत्पादन भए विद्यार्थीहरू?
हामीले तीन वर्षमा ३ सय हाराहारी विद्यार्थीहरू उत्पादन गरेका छौँ । हाम्रा विद्यार्थीहरू अमेरिका, खाडी, मलेसिया, अस्टे«लिया देखी माल्दीप्स सम्म होटल क्षेत्रको दक्ष जनशक्ति भएर काम गरिरहेका छन् । १ सय ५० हाराहारी विद्यार्थी देश तथा विदेशका विभिन्न स्तरीय होटल तथा रिसोर्टहरुमा काम गरिरहेका छन् । हाम्रा विद्यार्थीले दक्ष जनशक्तिको रूपमा होटल कोर्स गरेर विदेश गएपछि मासिक इटहरीमा मात्रै ७० लाख देखी १ करोड सम्म पैसा आइरहेको छ । दक्ष कोर्स नगरिकन अरू काममा गएको भए यस्तो धेरै रकम नआउन सक्थ्यो । हामीले असार १६ बाट नयाँ ब्याचका विद्यार्थीहरूको कक्षा सुरु गर्दै छौँ ।

इटहरीमा होटल स्कुल सञ्चालन गर्नु भएको छ । राजधानी काठमाण्डौकै जस्तो शिक्षा, श्रोतसाधन र सीप पाइन्छ?
पाइन्छ । तीन वर्ष अगाडि सम्म यहाँका विद्यार्थीहरू होटल म्यानेजमेन्ट पढ्न काठमाडौँ जान्थे । हामीले त्यहाँ जाने विद्यार्थीलाइ यही काठमाण्डौको स्तरको कोर्स दिऔँ भनेर होटल प्रिमियर स्कुल सञ्चालन गरेका हौँ । पहिलो वर्षबाट उत्साहप्रद विद्यार्थीहरू आउनु भयो ।

म आफै पर्यटन पढेको छु, हामीसँग विदेशका विभिन्न होटेल म्यानेजमेन्ट क्षेत्रमा दक्ष भएर आउनु भएको जनशक्ति छ । काठमाण्डौको गेट कलेजले हामीलाई विज्ञहरू मासिक रूपमा पठाएर सहयोग गर्छ । स्विस कन्ट्याक्ट सँग हाम्रो सहकार्य छ जसले स्विजरल्याण्डमा बर्सौँ पर्यटन र होटल म्यानेजमेन्ट क्षेत्रमा काम गरेका विज्ञहरू हामीकहाँ पठाउँछ । गत वर्ष विज्ञ आउनु भएको थियो । यो वर्ष पनि आउनु हुन्छ ।

यहाँको पढाइ र काठमाण्डौको पढाइमा भूगोल मात्रै फरक हो । स्तरियता र एक्सपोजरमा कुनै फरक छैन । अहिले पछिल्लो समयमा त प्रिमियरमा नै सिटिइभिटीको स्किल टेस्टिङ हुने भएको छ । यस अगाडि ७ हजार थप खर्च गरेर काठमाडौँ जाने कुरा यहाँ नै स्किल टेस्टीङ हुने भएपछि सजिलो भएको छ । अब प्रिमियरले कमाउने मात्रै हैन छात्रबृत्रि दिने कुरामा सक्रिय भएको छ । गेट कलेजका खेम लकाइ सरले यसमा सहयोग गर्नु भएको छ । अहिले ५ विद्यार्थीहरू नर्वेको लागी छनौट भएका छन् । नरेक नामको संस्थाले २० लाखको छात्रबृत्रि दिएको छ । स्विजरल्यान्डमा पनि त्यस्तै खालका कोटाहरू ल्याउने काम भइरहेको छ ।

तपाँइहरुले दिने कोर्स अकाडमिक हो कि भोकेसनल हो?
हामीले दिने कोर्स भोकेसनल हो । धेरै भोकेसनल कोर्स पढाउने स्कुलहरूले अकाडमिक कोर्स भन्दै प्रचार गरेको पनि सुन्नमा आएको छ । होटेल प्रिमियर र अन्य भोकेसनल शिक्षा पढाइ हुने होटेल स्कुलबाट सीप आउने हो । व्याचलर वा इन्टरमिडिएटको कोर्स हैन । यो हामीले भन्नुपर्छ ।

भोकेसनल कोर्स कोकोले पढ्दा हुन्छ?
एसइइ दिएर कम ग्रेड ल्याएर वा प्लस टुमा ब्याक दिएर वा फेल भएर बसेकाहरूले पढ्न सक्नु हुन्छ । अथवा, एसइइ सकेपछि ६ महिना पढेर जागिरमा प्रवेश गर्न चाहनेले पनि पढ्न सक्नु हुन्छ । किनभने यो कोर्सले पढाइ सकेपछि जागिरको सम्भावना धेरै हुन्छ । प्लस टु वा डिप्लोमा पढ्दै गरेकाहरूले पनि यो कोर्स पढ्न सक्नु हुन्छ । विदेश पढ्न जानेहरूले पार्ट टाइम काम गर्नको लागी कफी मेकिङ, बरिस्ता वा अन्य होटेल कोर्सहरू गरेर जान सक्नुहुन्छ ।

यो भोकेसनल कोर्सभित्र कुन कुन विषयहरू पढाइ हुन्छन?
डिप्लोमा इन होटेल म्यानेजमेन्ट र डिप्लोमा इन करिनरि आट्सका कोर्सहरू छन् । यसमा इन्ट्रोडक्सन अफ होटेल म्यानेजमेन्ट , टरिजम एन्ड हस्पिटालिटि, फ्रेन्च अफिस , हाउस किपिङ , फुड एन्ड विभिरेज सर्भिस , प्रडक्सन किचन डिपार्टमेन्ट र हस्पिटालिटिका कोर्सदेखि भाषा कक्षाहरू समेटिन्छन् । समग्रमा स्तरीय होटल, रिसोर्ट देखी तारे होटेल सम्म आवश्यक सीपहरू यो कोर्सले दिन्छ । रिसेप्सन देखी किचन र किचन देखी गेस्ट सर्भिस सबै कुरा यी कोर्सहरूले समेट्छन् ।

यो कोर्सको सबैथोक जोड्दा पढाइ खर्च कति हुन्छ?
ड्रेस देखी पढाइ हुँदै अन्य सबै खर्च जोडेर डेढ लाखमा यो पढाइ पुरा गर्न सकिन्छ । ६ महिने कोर्स हुन्छ ।

६ महिनामा डेढ लाख तिरेर पढेको यो कोर्सको आर्थिक रिटर्न चाहिँ कस्तो हुन्छ?
होटलका भोकेसनल कोर्स गरेपछि सिप आउँछ । दक्षता आउँछ । राम्रो स्किल, राम्रो व्यक्तित्व र राम्रो भाषा छ भने विदेशमा ८० हजार देखी डेढ लाख सम्म कमाइ हुन्छ । हाम्री पूर्व विद्यार्थी रुविना धामी अहिले माल्दीप्समा एक रिसोर्टमा होटेलमा मासिक ८० हजार कमाउछिन । यस्ता अरू धेरै उदाहरणहरू छन् । नेपालमै तारे होटेलमा काम गर्दा २० हजार भन्दा राम्रो हुन्छ । इटहरीका विभिन्न पर्यटन क्लासका होटेलमा काम गर्दापनि थोरेमा १५ हजार मासिक कमाइ गर्ने सिप यो कोर्सले दिन्छ । राम्रो पढाइ र सीप हुनेलाई डेढ लाख खर्चिदा ६ महिनापछि मासिक डेढ लाखै कमाइ हुने आधार बन्छ ।