विराटनगरः नेपाल कराते महासङ्घ पोखरिया कराते डोजो विराटनगरले आफ्नो डोजोका गत वर्षका उत्कृष्ट खेलाडी छनोट गरेको छ ।
डोजोका ३० केजी तौल समुहमा खेल्ने सुवास चौधरी वर्षको उत्कृष्ट कराते खेलाडी बन्न सफल भए । विराटनगर– ३ का अध्यक्ष विनोद बस्नेत र करातेका संस्थापक सदस्य एवम् सिभिल मार्ग–३ विराटनगरका टोल अध्यक्ष बालकृष्ण भट्टराईले उनलाई खादा र अबिर लगाएर तथा नगद र कराते गी ( लुगा ) प्रदान गरेर सम्मान गरेका थिए ।
सो अवसरमा वडाध्यक्ष बस्नेतले अफूले पोखरिया कराते डोजोलाई सधैं सहयोग गर्ने बताए ।
यही शनिबार र आइतबार भारतको नयाँदिल्लीमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा भाग लिन जाने पोखरिया कराते डोजोका भुवन कट्टेल र बेलिसा राउतलाई पनि सो अवसरमा सफलताको अग्रिम शुभकामना दिइएको थियो । कार्यक्रममा बालकृष्ण भट्टराई, अमर (सुरज) सुवेदी, पेरिस सुवेदी र पोखरिया कराते डोजोका प्रमुख प्रशिक्षक विनोदकुमार राउतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।