इटहरी/ इटहरीमा जारी प्रथम सांसद कप पुरुष राष्ट्रिय नाइट भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । शुक्रबार राती सम्पन्न खेलहरुमा प्रदेश नम्बर ३ र नेपाल पुलिस क्लब बिजयी भएसंगै सेमिफाइनल समिकरण पुरा भएको हो ।
शुक्रबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर ३ लाई २५–१९, २५–१७, २५–१३ को सोझो सेटले पराजित गरेको छ । पुलिससंग पराजित भए पनि समुह क को उपबिजेता प्रदेश नम्बर ३ ले गयराती नै सम्पन्न अन्तिम क्वाटर फाइनलमा प्रदेश नम्बर १ लाइ २०–२५, २५–२१, २५–१९ र २५–१४ ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो ।
यस्तै समुह ख मा रहेको शसस्त्र प्रहरीको एपीएफ आफ्नो अन्तिम क्वाटरफाइनल खेलमा प्रदेश नम्बर ४ प्रतियोगितामा सहभागी हुन नआएपछी वाकओभर पाएर सेमिफाइनल प्रवेश गरेको हो । एपीएफले समुह ख को उपबिजेता प्रदेश नम्बर ५ संग सेमिफाइनलमा प्रवेश गर्नेछ । यस्तै समुह क को बिजेता पुलिसले समुह क कै उपबिजेता प्रदेश नम्बर ३ संग सेमिफाइनलमा प्र्रतिष्पर्धा गर्नेछ । दुबै सेमिफाइनल खेल आज शनिबार सांंझ ७ बजे देखी सुरु हुने आयोजक सुनसरी जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष अनुरोध थापाले बताए ।
नेपालमै पहिलो पटक आयोजना गरिएको दाबी गरिएको प्रथम रात्रीकालिन भलिबल प्रतियोगीताको फाइनल खेल आइतबार राती हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख सहित शिल्ड र द्धितिय हुने टिमले नगद १ लाख र शिल्ड पाउने छन । यस्तै उत्कृष्ट खेलाडीले २४ इञ्चको एलइडी टिभी र बिधागत तर्फ उत्कृट हुनेहरुले जनही ५ हजार पाउने पूर्वाञ्चल भलिबल संघका सदस्य एवंम प्रचार प्रसार संयोजक बिक्रम थापाले बताए ।