बेलबारीः मोरङको बेलबारीमा जारी मेयर कप प्रतिायोगितामा बेलबारी नीलो र केराबारी विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा विराटनगर महानगरपालिकालाई बेलबारी नगरपालिकाले १ का विरुद्ध २ गोल गर्दै विजयी भएको छ ।
यस्तै, दोस्रो खेलमा केराबारी गाउँपालिकाले लेटाङ नगरपालिकामाथि पनि १ का विरुद्ध २ गोल गर्दै विजयी भएको छ । यो जीतसँगै केराबारीले सेमीफाइनलको यात्रा तय गरेको छ । प्रतियोगितामा ११ ओटा स्थानीय तहले भाग लिएका छन् ।
प्रतियोगिता सञ्चालक समितिका सचिव मिलन राईका अनुसार प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
प्रत्येक खेलका म्यान अफ द म्याचले २ हजार ५ सय, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिल्ड फिल्डर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट स्ट्राइकर, बढी गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र सर्वाेत्कृष्ट खेलाडीलाई नगद ७ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।