बेलबारीः मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगितामा टाइब्रेकरमा बेलबारी नीलो विजयी भएको छ । आज भएको खेलमा उर्लाबारीलाई टाइब्रेकरमा बेलबारीले १ गोल गर्दै विजयी यात्रा तय गरेको हो ।

खेलको मध्यान्तरअघि बेलबारीका जोन मगरले १ गोल गरेका थिए भने मध्यान्तरपछि उर्लाबारीका मिलन धिमालले १ गोल गरेका थिए । निर्धारित समयमा दुवै टिमले गोल थप्न नसकेपछि टाइब्रेकरबाट निर्णय लिइएको थियो ।