बेलबारी: मोरङको बेलबारीमा जारी मेयर कप प्रतियोगिताको फाइनलमा पथरी शनिश्चरे नगरपालिका र केरावारी गाँउपालिका भिड्ने भएका छन् । विहिबार भएको अन्तिम सेमि फाइनल खेलमा आयोजक बेलबारी निलोलाई घरेलु मैदानमा हराउँ केरावारी गाँउपालिका विजयी भएको हो । केरावारी गाँउपालिकाले ट्राइवेकरमा ४–५ गोल अन्तर बनाउन सफल भएकाे थियाे ।

पहिलो हाफ भन्दा अगाडि नै केरावारी तथा बेलबारीका खेलाडिले एक एक गोल गरेका थिए । केराबारीको तर्फवाट खेलको सुरुवातमै प्रबेश बस्नेतले पहिलो गोल गरेका थिए । त्यसको केहि समयमै बेलबारीका खेलाडि विनोद अधिकारीले गोल फर्काएर केरावारी सँग बरावरीमा बनाएका थिए । खेलको दोस्रो म्याचमा दुवै पक्षका खेलाडिले गोल गर्न नसकेपछि ट्राईबेकर भएको थियो ।

GIf Add_1561904419 Janta Multipel Campus-01_1561904310

ट्राईवेकरको पहिलो गोलनै बेलबारी निलोका मिलन परियारले पोष्ट भन्दा वाहिर हानेका थिए । उनले पोष्ट वाहिर हानेको गोलनै केरावारीका लागि भाग्यमानि सावित बन्यो । सो प्रतियोगिताका विजेताले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पाउने छन् । फाइनल खेल २१ गते शनिवार हुने बेलबारी मेयर कप आयोजक समितिले जनाएको छ ।

nabodaya clg 1212