धरानः साउथ एशियाका लागि फिफा टेक्निकल कन्सलटेन्ट चोकेइ निमाले धरानको एन्फा एकेडेमीको निरीक्षण गरेका छन् ।

उनले एन्फा एकेडेमीको भौतिक पूर्वाधार निरीक्षण गर्नुका साथै खेलाडीको अवस्थाको बारेमा जानकारी लिएका थिए । उनले एन्फा एकेडेमी म्यानेजमेन्ट कमिटीका पदाधिकारीलाई एकेडेमी सञ्चालनसम्बन्धी परामर्श पनि दिएका थिए ।

निरीक्षणपछि एकेडेमीको अवस्था सन्तोषजनक रहेको उनले प्रतिक्रिया दिएका थिए । युरोपका एकेडेमीमा ग्रासरुटको कार्यक्रम सञ्चालन भइरहेको स्मरण गर्दै उनले साउथ एसियामा समेत ग्रासरुट कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।