बेलबारीः मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा पहिलो लिग चरणमा उच्च स्थान वनाएको बेलबारी फुटबल क्लबका खेलाडीलाई नगरपालिकाले सम्मान गरेको छ ।

मोरङ, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बुलाई जितेर बेलबारी फुटबल क्लब मुख्यमन्त्री कपको ए समूहबाट लिगको अन्तिम चरणमा प्रवेश गरेको हो ।

खेलाडीलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी, उपमेयर ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत प्रदीप साह लगायतले खादा र अबिर लगाएर सम्मान गरेका थिए । सम्मान गर्दै मेयर सुवेदीले बेलबारीलाई चिनाउने माध्यम खेल नै भएको बताए । बेलबारीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने गरी खेलाडी उत्पादन र लगानी गर्ने उनले बताए ।

बेलबारी फुटबल क्लबले आज धरानमा धनकुटा फुटबल क्लबसँग प्रतिष्पर्धा गर्दै छ ।