विराटनगरः महिला साफ च्याम्पेन्सिपमा सहभागी भएका खेलाडीलाई विराटनगर महानगरपालिकाले सम्मान गरेको छ । मोफसल बाहिर पहिलो पटक विराटनगरमा भएको अन्तराष्ट्रिय प्रतियोगीताको आयोजकमा विराटनगर महानगरपालिकासमेत रहेको थियो । खेल सम्पन्न गर्न महानगरले आर्थिक सहयोग समेत गरेको थियो ।
सोहि बेला खेलाडीको मनोवल बढाउन आर्थिक सहयोग गर्ने प्रतिबद्धता गरेको महानगरगरले उपविजेतामा चित्त बुुझाएको नेपाली महिला फुुटवल टीमलाई जनही ५० हजार प्रदान गरेको हो ।
खेलाडी र अफिसियल गरेर २६जनालाई सम्मान गरेको हो ।
सम्मानपश्चात बोल्दै महानगर प्रमुख भिम पराजुलीले आफुुले फुुटबल खेल मात्र नभएर सम्पुुर्ण खेल क्षेत्रको विकास गर्नका लागि एकेडेमि नै बनाउन लागेको बताए । एन्फा अध्यक्ष कर्मा छिरिङले विराटनगर महानगरपालिकाले महिला फुटवलका लागि पुुर्याएको योगदानको कदर गरे ।
महिला साफ च्याम्पेनसिप गत फागुुन अन्तिम साता विराटनगरमा सम्पन्न भएको थियो ।