इटहरी । मदन भण्डारी स्पोर्ट्स एकेडेमी सुनसरीको अध्यक्षमा होमनाथ धमला चयन भएका छन् । सोमबार इटहरीको तियुगा होटलमा भएको भेलाले धमलाको नेतृत्वमा २५ सदस्यीय समिति बनाएका छन् ।
त्यसै गरि सुनसरी जिल्ला शाखाको उपाध्यक्ष अरुण राई, सचिवमा सुरेश चापागाई, सह–सचिवमा ऋतिक यादव र कोषाध्यक्ष रमेश सावाँ लिम्बु रहेका छन् । एकेडेमीले मदन भण्डारीको स्मरणमा स्थापना गरिएको संस्था हो ।