विराटनगरः

विराटनगरः आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता, पाँचौ साफ महिला च्याम्पियनशिप फूटवल प्रतियोगिता र अन्तरप्रदेशीय मुख्यमन्त्री खेलकूद प्रतियोगिता(सुदूरपश्चिम)मा पदक प्राप्त खेलाडीहरुलाई आज नगद पुरस्कार सहित सम्मान गरिएको छ ।
प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयद्वारा आज विराटनगरमा आयोजित कार्यक्रममा साफ महिला फूलवल प्रतियोगिता उपबिजेता खेलाडी प्रशिक्षक, व्यवस्थापकलाई नगद एक लाख तथा अन्य खेलकूदका खेलाडीहरुलाई नगद पुरस्कारले सम्मान गरियो । यसरी सम्मान पाउनेहरुमा खेलाडीहरु, प्रशिक्षक र व्यवस्थापक गरी जम्मा २ सय ६७ लाई नगद रु ३८ लाख ५० हजार वितरण गरिएको थियो । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कार वितरण गर्दै प्रदेशलाई फूटवलको राजधानीको रुपमा विकास गर्न उच्च प्राथमिकतामा राखेको बताए ।
उनले सबै खेललाई प्रोत्साहन र प्राथमिकतामा दिएको बताउँदै खेलकूदको माध्यमवाट मुलुकको बिकास र समृद्धीमा टेवा पु¥याउन प्रदेश सरकारले विगतदेखि नै खेलाडीलाई प्रोत्साहन गर्दै आइरहेको बताउए ।

मुख्यमन्त्री राईले महिला साफ खेलकूदले देशको प्रतिष्ठालाई माथि उठाउने काम गरेको बताउँदै आगामी प्रतियोगितामा पहिलो स्थान ल्याउन अहिले देखि नै तयारी गर्नका लागि प्रदेश सरकारले आवश्यक सम्पूर्ण सहयोग गर्ने दृढता व्यक्त गरे । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले खेलकूदको व्यवस्थित विकासका लागि प्रदेश खेलकूद ऐन तयार गरेको जानकारी दिदै यसको उन्नतिका लागि यस वर्ष रु ४८ करोड बजेट छुट्टाएको जानकारी दिए ।

उनले विराटनगरको बैजनाथपुरमा अन्तर्राष्ट्रिय खेलकूद मैदान , धरानलाई प्रदेशस्तरीय खेल केन्द्रको सोचले सरकार अगाडि बढेको बताए ।

अखिल नेपाल फूटवल संघ(एन्फा)का केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा, साफ महिला फूटवल प्रशिक्षक हरि खड्का र खेलाडी निरु थापाले प्रदेश नम्बर १ खेलकूदको उर्वरा भूमि रहेको वताउदै आगामी दिनमा अन्तर्राष्ट्रिय मुख्यमन्त्री कप फूटवल प्रतियोगिता गर्ने जानकारी दिए ।

 


यस अघि विराटनगर महानगरपालिकाले समेत जनही नगद ५० हजारसहित सम्मान गरेको छ ।
नेपालमा पहिलो पटक मोफसलमा भएको साफ ओमेन च्याम्पेन्सिपमा नेपाल भारतसँग पराजीत भएको थियो । प्रतियोगीता विराटनगरमा गत फागुुन अन्तिम साता शुरु भएर चैतको पहिलो हप्ता सम्पन्न भएको थियो ।