नामाङकन सामान्य विषय होइन । यो संविधान सभाले पनि नाम र राजधानी टुँयाउन नसकेर प्रदेशलाई जिम्मा लगाएको विषय पर्याे । त्यस कारण इमोशनल बनेर अहिले ल्याउने, भरे ल्याउने भनेर जानुहुँदैन ।

यो फेरी सरकारसँग दुुइ तिहाइको बहुमत छ । सरकार पक्षले ल्याएको नामाङकंनमा सही ल्याए समर्थन र गलत ल्याए विरोध गर्ने बाहेक हामीसँग अर्को विकल्प छैन ।
त्यस कारण संवाद र सहमतिको जिम्मेवारी पनि सरकारको हो । त्यसका लागि हामीले सरकारलाई प्रेसर गर्ने हो । हामीले अहिलेसम्म प्रेसर मात्र गरेका छौँ ।
प्रदेशमा दङ्गा नहुने खालको, सबैलाई समेट्ने सर्वस्वीकार्य खालको नाम आयो भने हामीले सहयोग गर्ने हो ।

कुराकानीमा आधारित

सम्बन्धित समाचारः ‘छलफल भएरै प्रदेशको नाम होल्ड गरिएको हो’