धरानः धरान फुटबल क्लबको आयोजनामा धरानमा भएको समर फुटबल क्याम्प सम्पन्न भएको छ ।

गर्मी बिदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीलाई फुटबलप्रति आकर्षित गर्न आयोजना गरिएको समर फुटबल क्याम्प बिहीबार सम्पन्न भएको छ ।

सो क्याम्पमा धरानका विभिन्न स्कुलका करीब डेढ सय विद्यार्थी सहभागी भएका थिए । विद्यार्थीलाई विद्यालय स्तरबाटै फुटबलप्रति आकर्षित गर्न क्याम्प आयोजना गरिएको बताइएको छ ।

अखिल नेपाल फुटबल सङ्घका प्रवक्ता तथा केन्द्रीय सदस्य किरण राईको प्रमुख आतिथ्यमा समर क्याम्प समापन भएको थियो । साउन ६ गतेदेखि शुरु भएको क्याम्पमा तीन उमेर समूहमा वर्गीकरण गरेर प्रशिक्षण दिइएको थियो । सहभागीमध्ये २० देखि २५ जना निकै राम्रो खेलाडी बन्न सक्ने सम्भावना रहेको क्लबका महासचिव रामकृष्ण खड्काले बताए ।

आयोजकले स्कुल बिदालाई लक्षित गर्दै हरेक वर्ष समर क्याम्प राख्ने गरेको छ । आयोजक क्लबका अनुसार गत वर्ष ३ सय ७५ जना विद्यार्थी सहभागी थिए । प्रशिक्षणमा कक्षा १ देखि १० सम्मका विद्यार्थी सहभागी भएको आयोजकले जनाएको छ ।