इटहरीः मदन भण्डारी स्पोर्ट्स एकेडेमी तेह्रथुमको अध्यक्षमा अर्जुन ढुङ्गाना चयन भएका छन् । आइतबार तेह्रथुममा भएको दोस्रो अधिवेशनले ढुङ्गानाको नेतृत्वमा १९ सदस्यीय समिति बनाएको हो ।
दोस्रो अधिवेशनमा बोल्दै एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाले विभिन्न खेलकुद गतिविधिमा एकेडेमीलाई सक्रिय हुन अनुरोध गरेका थिए । त्यसैगरी, कार्यक्रमका प्रमुख अतिथि म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङफेले एकेडेमीको नयाँ टिमलाई बधाई दिएका थिए ।

ढुङ्गानाको नेतृत्वमा उपाध्यक्षमा तारा कार्की गुरुङ, राजु तुम्बाहाम्फे र सुनिता लिम्बू तथा सचिवमा अनिल नेपाल चयन भएका छन् । एकेडेमीको विषयमा संस्थाका केन्द्रीय सदस्य सन्तोष बान्तवा र प्रदेश सदस्य रोहित कोइरालाले चर्चा गरेका थिए ।