इटहरीः नेत्र विक्रम चन्द विप्लव नेतृत्वको पाटीका एक प्रभावशाली नेता किरण राईले भर्खरै पार्टी छाडेका छन् । अबको राजनीतिक यात्रा नेकपाबाट हुने बताएका राईले आफुुले कुनै सुरक्षाका कारण पाटी नछाडेको स्पष्टोक्ति दिएका छन् ।

तत्कालीन कोसी ब्युरो इन्चार्जको जिम्मेवारीमा रहेका राई पहिलो संविधान सभामा धरानबाट निर्वाचित सभासद् समेत हुन् । प्रचण्ड नेतृत्वको माओवादीसँग असन्तुष्टि जनाउँदै वैद्य समूहमा पुगेका उनी पछि विप्लवले नेतृत्व गरेको पाटीमा विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

स्वास्थ्यका कारण राजनीतिक सन्न्यास लिएको बताउने राईले नेकपाले त्यसै बस्न नदिएको बताए । आफ्नो क्षमताअनुसार जिम्मेवार दिने बताएकै कारण आफुु सामान्य जीवनमा बस्ने सोचमा रहँदा रहँदै पनि राजनीतिक सक्रियता देखाउनुपर्ने समय आएको बताए ।
विप्लव नेतृत्वको पाटी छाड्नुमा कुनै सैद्धान्तिक असहमति नभएको उनको भनाइ छ ।

राइले नेकपामा अाफ्नाे कुनै पद र पाेजिसनकाे दाबी नभएकाे स्पष्ट पारेका छन् । सामाजिक जिम्मेवारीलाइ महत्वपुर्ण ठानेकाे बताउने उनले अाफ्नाे क्षमताअनुसारकाे जिम्मेवारी पाटीले दिनेमा ढुक्क छन् ।