इटहरीः लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहको कार्यक्षेत्रभित्रका सामुदायिक विद्यालयबाट २०७५ सालको एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने १४ जना छात्रछात्रालाई पुरस्कृत गरिएको छ ।

सो समूहको सहयोग तथा नेपाल पत्रकार मञ्च मोरङको आयोजनामा भएको कार्यक्रममा उनीहरूलाई जनही नगद ३ हजार रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमकी सभापति लाटीझोडा सामुदायिक वन व्यवस्थापन समूहकी अध्यक्ष, सहायक वन अधिकृत विक्रम अमात्यलगायतले पुरस्कार प्रदान गरेका थिए । मोरङको सुन्दरहरैंचाको गछियामा आयोजित वैज्ञानिक वन व्यवस्थपान र यसका उपलब्धिहरू विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरु पुरस्कृत भएका हुन् ।