ताप्लेजुङः पूर्वकै बहुप्रतिक्षित मानिने पाथीभरा गोल्डकपको चौथो संस्करण आजदेखि ताप्लेजुङमा शुरु हुँदै छ ।

वि.स.२०२९ सालदेखि लाखेजात्राका अवसरमा निरन्तर आयोजना हुँदै आएको पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको आज दिउँसो एक समारोहका बीच उद्घाटन हुने भएको हो ।

भदौ ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा भारतका सहित १० टिम सहभागी छन् । युकेएफसी दार्जिलिङ, गोर्खा स्पोर्टिङ क्लब दमक, एलेभेन एरोज सुनसरी, रेडस्टार क्लब झापा, डाँगीहाट क्लब मोरङ, फिदिम स्पोर्टिङ पाँचथर, बेलबारी फुटबल क्लब, रेडहर्ष इलाम, ताप्लेजुङ ११ आयोजक र पोमु केछाङ ताप्लेजुङ प्रतियोगितामा सहभागी हुने भएका हुन् ।

सदरमुकाम स्थित भानुजन माविको खेल मैदानमा हुने प्रतियोगिताको पहिलो खेलमा आज दिउँसो २ बजे पोमु केछाङ ताप्लेजुङ र रेडहर्ष क्लब इलामबीच हुनेछ । प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख घनेन्द्र मादेनले उद्घाटन गर्ने भएका छन् ।