इटहरीः इटहरी जेसीजको आयोजनामा इटहरीमा साताव्यापी कार्यक्रम हुने भएको छ । जसअन्तर्गत शुक्रबार र शनिबार प्रथम अन्तर बैंक फुटसल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रतियोगितामा इटहरीका १९ ओटा वाणिज्य बैंक तथा गरिमा विकास बैंक र कामना सेवा बैंक २ ओटा गरी विकास २१ ओटा बैंक सहभागी हुने भएका छन् ।

शुक्रबार दिउँसो ४ बजे शुरु हुने प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो ३ बजे हुने आयोजकले जनाएको छ । इटहरी–१० विराटनगर लाइनमा रहेको एसडी फुटसलमा प्रतियोगिता हुने भएको हो ।