ताप्लेजुङः ताप्लेजुङमा बिहीबारदेखि शुरु चौथो पाथीभरा गोल्डकप पुरुष फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा बेलबारी फुटबल क्लब मोरङ विजयी भएको छ ।

टाइब्रेकरमा घरेलु टिम ताप्लेजुङ ११ (आयोजक) लाई ५–४ को गोल अन्तरले पराजित गर्दै पाहुना टिम मोरङ विजयी भएको हो । निर्धारित समय दुवै टिमले गोलरहित बराबरी खेलेका थिए ।

घरेलु टिमका लागि क्रिस राई, सन्तोष लिम्बू, मनिराज लिम्बू र सुशील लिम्बूले गोल गरे । मोरङका तर्फबाट पृथ्वी चौधरी, विवेक थापामगर, मौसम सुब्बा, सन्जु श्रेष्ठ र शङ्कर राईले गोल गरे ।

खेलको म्यान अफ दि म्याच मोरङका खेल क्याप्टेन सूर्य श्रेष्ठ घोषित भएका छन् । भदौ ६ गते सम्पन्न हुने प्रतियोगितामा भारतको १ टिम सहित १० टिम सहभागी छन् ।