इटहरीः इटहरी जेसीज एसडी फुटसल इटहरीको संयुक्त आयोजनामा भएको अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि एनआईसी एशिया बैंकले हात पारेको छ ।

कार्यक्रमका विजेता र उपविजेतालाई कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष भीम पौडेलले पुरस्कार वितरण गरेका थिए ।

शुक्रबार इटहरीमा शुरु भएको सो फुटसल प्रतियोगिता शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा इटहरीमा सेवा दिइरहेका २१ ओटा बैंक तथा विकास बैंक सहभागी भएको जेसीजको तर्फबाट खेल संयोजक रहेका अनोज पोखरेलले बताए ।

फाइनल खेलमा एनआईसी एशियाले कामना सेवा विकास बैंकलाई ८ शून्यको अन्तरले पराजित गरेको एसडी फुटसलका तर्फबाट संयोजक रहेका मुरारी अधिकारीले बताए ।

footsall  (1) footsall  (3)