इटहरीः भारतको कोलकत्तामा बुधबारदेखी हुन लागेको अण्डर १६ साफ च्याम्पियनसीप फूटबल प्रतियोगिताको लागी नेपाली राष्ट्रिय टिमको बिदाइ गरिएको छ । इटहरीमा गत साता आएको राष्ट्रिय टिमलाई एक साता लामो बन्द प्रशिक्षणपछि आज बिदाइ गरिएको हो ।

एन्फा सुनसरीले इटहरीमा एक कार्यक्रमको आयोजना गरि अखिल नेपाल फूटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतका पदाधिकारीले टोलीको बिदाइ गरेका हुन । एन्फा सुनसरी अध्यक्ष केशव कार्कीका अनुसार एक साता लामो इटहरीको बन्द प्रशिक्षणपछि अण्डर १६ राष्टिय फूटबल टिम सोमबार कोलकता प्रस्थान गर्ने छ ।

नेपालले पहिलो खेल भारतसंग बुधबार खेल्ने मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले जानकारी दिए । बिदाइ तथा सुभकामना कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष कर्मा्छिरिङ शेर्पाले पदाधिकारीमा धेरै महत्वकांक्षा बढेको गुनासो गरे । कार्यक्रममा बोल्दै शेर्पाले एन्फाका पदाधिकारीहरुले यो भएन त्यो भएन भनेर गुनासो मात्र गर्ने गरेको बताए ।

भौतिक पूर्वाधारको अभावले गर्दा फूटबलमा अपेक्षकृत बिकास हुन नसकेको उनको भनाइ थियो । बिधानअनुसार नै फूटबलका गतिबिधिहरु अघि बढाएको जानकारी दिदै शेर्पाले अब हुने लिग रेलिगेशन सहितको हुने दाबी गरे । सातदोबाटोमा रहेको मैदानमा बिहान र बेलुकाको समय भाग लगाएर टेनिङ सञ्चालन गर्नुपर्ने बाध्यता रहेको सुनाए ।

कोलकतामा हुन लागेको साफ अण्डर १६ फूटबल प्रतियोगिताको लागी इटहरीको हावापानी अनूकुल रहेकाले इटहरीमा बन्दप्रशिक्षण गरिएको बताए । टोलीको कप्तानी प्रदीप लम्सालले गरिरहेका छन् । नेपालले पहिलो खेल भारतविरुद्ध भदौ ४ गते कल्याणी स्टेडियममा खेल्नेछ ।

प्रतियोगितामा आयोजक राष्ट्र भारतसँगै साविक विजेता बंगलादेश, पाकिस्तान, श्रीलंका र भुटानसँगै नेपालले राउण्ड रोविनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।