ताप्लेजुङः साविक बिजेता रेडस्टार फुटबल क्लब झापा ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्र्तगत मंगलबारको खेलमा गोर्खा स्पोर्टिङ क्लब दमकलाई १–० गोल अन्तरले पराजित गर्दै झापाले सेमिफाईनलमा डाँगीहाट क्लब मोरङ संगको भेट पक्का गरेको हो ।

खेलको दोश्रो हाफको छैटौँ मिनेटमा योगेश गुरुङले गरेको गोल नै सेमिफाईनल प्रवेशका लागि प्रयाप्त बन्यो । गुरुङले फ्री किक मार्फत गोल गर्नुभएको थियो । झापाले भदौ ५ गते मोरङको डाँगीहाट संग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । मंगलबारको खेलमा रेडस्टारका गोल किपर विवस चौधरी म्यान अफ दि म्याच घोषित भए। उनलाई नगद ५ हजार प्रदान गरियो । यस अघि सुनसरीको एलाभेन एरोज, ईलामको रेडहर्ष समेत सेमिफाईनलमा प्रवेश गरि सकेकाछन् ।

बुधबार हुने सेमिफाईनलको पहिलो खेलमा दिउँसो २ बजे रेडहर्ष ईलाम र एलाभेन एरोजबीच फाईनल प्रवेशका लागि प्रतिस्पर्धा हुने छ । लाखेजात्रा खेल सञ्चालन समितिले आयोजना गरेको प्रतियोगितामा भारतको समेत गरि १० टिम सहभागि छन् । प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ । उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिईने छ । सदरमुकाम फुङलिङ स्थित भानुजन माविको खेल मैदानमा भईरहेको प्रतियोगिताको फाईनल खेल भदौ ६ गते हुनेछ ।