ताप्लेजुङ: डिफेन्डिङ च्याम्पियन रेडस्टार क्लब झापा र एलाभेन एरोज क्लब सुनसरी ताप्लेजुङमा जारी पाथीभरा गोल्डकपको उपाधिका लागि भिड्ने भएका छन् । विहिबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा डाँगीहाट क्लब मोरङलाई पराजित गर्दै झापाले सुनसरीसँग उपाधि भिडन्त पक्का गरेको हो ।

रेडहर्ष क्लब इलामलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको सुनसरीसँग झापाले शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । विहीवारको सेमिफाइनल खेलमा झापाले मोरङलाई ट्राईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो । झापाका लागि बुद्ध चेम्जोङ, पुजन उभरकोटी, योगेश गूरुङ र निशान लिम्बुले गोल गरे । यता पराजित डाँगीहाटका लागि भने विक्रम लिम्बु, विकेश लिम्बु र विक्रम धिमालले गोल गरे । झापाका निरज बस्नेत र मनोज राईको प्रहार गोलकिपर छिरिङ तामाङले बचाए । डाँगीहाट सुमिन मैनाली,दिलेन लोक्तान र मान बहादुर परियारको प्रहार विवश चौधरीले उत्कृष्ट बचाउ गरे । म्यान अफ दि म्याच घोषित गोलकिपर चौधरीले नगद ५ हजार प्राप्त गरे ।

निर्धारित समय १÷१ गोलको वरावरीमा सकिएको खेलको निर्णय ट्राईब्रेकरबाट लिएको हो । खेलको ४७औं मिनेटमा योगेश गुरुङको गोलमा झापाले अग्रता लिएको थियो । तर ५३औं मिनेटमा मोरङका लागि विकेश लिम्बुले बरावरी गोल गरे । दुवै टोलीले खेलमा रक्षात्मक शैलि अपनाएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रमूख आतिथ्यतामा प्रतियोगिता सम्पन्न हुने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेतालाई नगद ३ लाख ११ हजार सहित ट्रफि प्रदान गरिने छ । उपबिजेतालाई १ लाख ५१ हजार नगद सहित ट्रफि दिईने छ ।

लाखेजात्रा खेल आयोजक समितिको आयोजना प्रतियोगिता सञ्चालन भएको हो । पाथीभराको प्रचार प्रसार गर्दै ताप्लेजुङको पर्यटन प्रर्वद्धनमा सघाउ पु¥याउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकका अध्यक्ष नारायण थापाको भनाई छ ।