पाथीभरा गोल्डकपको उपाधि सुनसरीलाई

  • भदौ ६, २०७६
  • २१६ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

ताप्लेजुङ: ताप्लेजुङमा शुक्रबार सम्पन्न चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी सुनसरीको एलाभेन एरोज फुटबल क्लबले हात पारेको छ । झापाको रेडस्टार क्लबलाई ट्राईबे्रकरमा ४÷२ गोल अन्तरले पराजित गर्दै सुनसरीले उपाधी हात पारेको हो ।

सुनसरीका लागि ट्राईबे्रकरमा रुपेश केसी, जीवन धामी, प्रिसो एप्स र उमेश कार्कीले गोल गरे । झापाका लागि भने पुजन उभरकोटी र निशान लिम्बूले गोल गरेका थिए । झापाका योगेश गूरुङ र विकास थुलूङले भने गोल गर्न सकेनन् । निर्धारित समयमा २÷२ को बराबरी भए पछि ट्राईब्रेकरबाट निर्णय लिईएको थियो । दोश्रो हाफको १५ औँ मिनेटमा योगेश गुरुङले गोल गर्दै झापालाई सुरुवाती अग्रता दिलाए । तर खेलको २९ औँ मिनेटमा सुनसरीले बराबरी गोल फर्कायो । डि एरियाबाट यानिक ओनाले प्रहार गरेको गोलले जाली चुम्यो । तर खेलको ४२ औँ मिनेटमा रेडस्टारका लागि मिलन राईले लोभ लाग्दो गोल गरे । अग्रता धेरै समय टिकेन ४९ औँ मिनेटमा सुनसरीका सुसन तामाङले सुन्दर गोल गरे ।

प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी सुनसरीका प्रवेश दनुवार घोषित भए । त्यस्तै बेष्ट डिफेन्स सुनसरीकै विष्णु सुनुवार, वेष्ट मिड फिल्ड झापाका योगेश गुरुङ, वेष्ट फर्वाड झापाका मिलन राई, वेष्ट कोच सुनसरीका विश्वबन्धु पोखरेल बने । त्यस्तै प्रतियोगिताको उदयमान खेलाडीको उपाधी ताप्लेजुङ ११ का मनिराज लिम्बू र उच्च गोलकर्ता सुनसरीका यानिक ओना बने । पतियोगिताभर उनले ४ गोल गरेका थिए ।

जीत संगै सुनसरीले नगद ३ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको साविक विजेता झापा भने नगद १ लाख ५१ हजार १ सय ११ रुपैँयामा नै चित्त बुझाउन बाध्य भयो । विजयी टिम तथा खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई लगायतले पुरस्कार वितरण गर्नुभयो । साउन ३० देखि सुरु भएको प्रतियोगितामा भारतको एक सहित १० टिम सहभागि थिए । लाखेजात्राका अवसरमा २०२९ सालदेखि प्रतियोगिता हुन थालेको हो । प्रशिद्ध तिर्थस्थल पाथीभरा मन्दिरको प्रचार–प्रसार गर्दै जिल्लाको पर्यटन प्रर्वद्धनमा सहयोग पु¥याउने उद्धेश्यले खेल आयोजना गरिएको लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष नारयाण थापाले बताए ।

प्रतिक्रिया दिनुहोस

तीर्थयात्रामा सवारी ...

इटहरीः तीर्थयात्राका क्रममा भारतको तामिलनाडु राज्यमा सवारी दुर्घटनामा ज्यान गुमाएका इटहरी उपमहानगरपा ...

२२ औं बुढासुब्बा गोल ...

धरानः मोफसल कै प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा रहेको २२ औ अन्तराष्ट्रिय बुढासुब्बा टुबोर्ग गोल् ...

टेम्केमैयुङ गाउँपालि ...

भोजपुरः भ्रमण वर्ष २०२० लाई सफल पार्दै मुन्दुम पदमार्गको पर्यटन प्रबद्र्धन गर्न टेम्केमैयुङ पर्यटकीय ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • महाप्रबन्धकः बद्री भिखारी
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • डेस्क सम्पादकः खेमचन्द्र अधिकारी
  • अंग्रेजी डेस्क प्रमुखः विराट अनुपम
  • मार्केटिङ प्रमुखः प्रकाश तिम्सिना
  •   (९८६२१२०९७१)
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल(इलाम)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2020 - pradeshportal.com All rights reserved